माया

माया भन्ने कुरा जहर हुँदोरैछ आँफैलाइ तिलाञ्जली दिने रहर हुँदोरैछ सोचेको थिएँ यो बिना जीवन अपुर्ण छ जिन्दगी नै डुबाइदिने कहर हुँदोरैछ जुन खोलाले बनाउछ फाँट हरियो त्यै खोलाले बनाएको बगर हुँदोरैछ छुटिनु नै राम्रो रहेछ जिन्दगीमा अनि पो कथा अमर हुँदोरैछ। Advertisements

सुसाइडको युग

म यो युगमा बाँचेको छु जहाँ प्रत्येक पलले सुसाइड गर्छ त्यो युग   जहाँ आफुलाई पाल्ने जमिनलाई ढोग्न झरेको सिमलको भुवालाई जब उडाउछ उत्ताउलो बतासले सुक्खा बगरमा, तब बन्जरमा झुलेका काँसमा झुन्डिएर गर्छन भुवाहरुले सुसाइड   जहाँ झ्याउँकिरी आफ्नो संगीतको तालमा जब देख्न पाउदैनन् जुनकिरीको नाच, भ्यागुताको ट्वार-ट्वार संगै गर्दिन्छन् एक कालो वर्षाती रातको गहिराइमा … More सुसाइडको युग

ढुंगाको कथा

  म एक अतृप्त भावनाहिन ढुंगा वन्जर जिन्दगीको बगरमा निदाईरहेको थिएँ मनको उदासीलाइ चैतको गर्मीले सेकाएर बालुवाको ओछ्यान र सुर्यको च्यादर ओडाएर   अकस्मात, तिमि आयौ त्यो सुक्खा बगरमा एक छाल बनेर एक जुगको तिर्खा एक निमेषमा मेटाईदियौ रापिएको मेरो मुटुलाई शितलता दिलायौ वरिपरी उमारीदियौ सिमल र काँसहरु   तिम्रो एक स्पर्शले जुगौंदेखिको मरभुमी बन्यो … More ढुंगाको कथा

आँधिखोला

उहिले उहिले म सानो थिएँ,आँधिखोला ठुलो थियो चारैतिर आफ्नो विर्ता मानेर उर्लन्थ्यो   अहिले म ठुलो भएँ,खोला सानो भयो खोला घटेको हो कि म बढेको छुट्टाउनै गाह्रो भयो। फोटो: अनिल श्रेष्ठको फेसबुकबाट

सिमल

माया! यो शब्दलाई कुन फूलले दर्शाउछ भनेर सोधें भने तपाई एक पल पनि विलम्ब नगरी जवाफ दिनुहुन्छ “गुलाब”। अब सोच्नुस त तपाइको दिमागमा गुलाब नै किन आयो, लालीगुराँस, लालुपाते चाहि किन आएन? किनकि तपाइको दिमागमा पहिलेदेखि नै विचारहरु थोपरिएको छ। तपाईले बच्चामा फिल्म हेर्दा हिरोले हिरोनीलाइ गुलाबको थुंगा दिएको देख्नुभयो। आफ्नो दाईदिदिहरुले गुलाबको चित्र भएको … More सिमल

सिमलचरीको कथा

कन्चन पानि बोकेर कलकल बग्ने आँधिखोला त्येसैको छेउमा थियो एक बुढो सिमलको रुख जहाँ हामि दुवै जनाले गुजारेका थियौं आफ्नो बालक काल तिमि कलिलै थियौ पखेटाले थाम्न सक्थेन तिम्रो आफ्नै भार र बस्थ्यौ तिमि एउटा डालीमा म आफ्नो सानो पखेटा फर्फराउदै एक डाली बाट अर्को डालि जान्थे एक रुखबाट अर्को रुख एक ठाउ बाट अर्को … More सिमलचरीको कथा

मानवता

मानवता धेरै दिनदेखि मेरो मथिंगलमा घुमीरहेथे विचारहरु द्रुतगतिका रकेटभन्दा द्रुतगतिमा भुजुंगको पानिघट्ट जस्तै गान्धीको चर्खा जस्तै घुमीरहेथ्यो त्यहि थोत्रो खप्परभित्रको एक मुठिको मथिंगलमा विभिन्न तस्बिरहरु भाला रोपिएका आँखा जलेको शरीर ढलेको बालक फुटेको खप्परहरु कालो मुस्लो बलेका बस्तीहरु मकैबारीका आलापहरु एउटै कुरा घुमीरहेथ्यो खोइ कहाँ छन् नेपाली ? कता गए बुद्धका चेलाहरु? कहाँ हराए शान्तिपुजकहरु? … More मानवता