सपना

चैत वैशाखको उखरमाउलो गर्मीमागैरीखेतमा मकै गोड्दै गर्दापिठ्युँमा म निदाउदै थिएँआमाले देख्दै थिइन सपना। पाटाबारीको डिलमा डोको बुन्दै गरेका बुढा बा,चोया भुइँमा राखी हातमा ककड सल्काएरमलाई कखरा सिकाउदैथिए,फोक्सोबाट ओकलिएर आकाशमा उडेको धुवाँ हेर्दै ,उनले पनि देख्दै थिए सपना। टाकुराका दाइको जड्यौरीघुँडामा फाटेको पाएँट लगाएर इस्कुल जान लाग्दा,उनिको भित्री देखिने झोलाभित्र दुई मुठी निस्तो मकैसंगहजुरआमाले पोको पारेकी … More सपना

हुस्सु (अकविता)

दश दिन भयो यो हुस्सु लाग्न थालेकोम कोठामा सिरकभित्र घुस्रिरहँदाशुक्रे चौधरी रङ्ग लगाउनलाइ बाहिर प्लाष्टर घोटिरहेछ बिहान, दिउँसो र साँझलाई समान बनाउने साम्यवादी हुस्सुशुक्रे त्यही हुस्सु फोक्सोमा हुल्दछ र ओकल्छजुन बिलाउछ त्यही अनन्त हुस्सुको संसारमाआफ्नो हुस्सु अनुहारबाट एक टुक्रा हुस्सु हाँसो मतिर फाल्दछअनि भन्दछहजुर साहब, म हुस्सु छु रे,मेरो छोरीले भनेकोफेरि फाल्दछ मतिर एक टुक्रा … More हुस्सु (अकविता)

यात्रा

जिन्दगीको यात्राछोटो , कि शरिरले छोएको आकासको धुवाँकि त पैताला मुनिको माटो।

कविता/अकविता

कति सजिलै सोध्छौ साथीविनय यति सजिलै तिमी कसरी लेख्छौ? कविता भनेको धुँवा हो साथी धुँवाउडेको धुँवा त सजिलै देख्छौ तिमीभित्र भित्रै जलेको मुटु त कहाँ देख्छौ।

विश्वास

जसलाई तिमीले आफुभन्दा बढी विश्वास गर्छौ,एकदिन,उसैले विश्वास शब्द माथिको विश्वासनै हटाइदिन्छ।

याद

कति याद आँउछ तिम्रोत्यो त म चाहेर पनि देखाउन सक्दिनँ, देखाउन सक्छु त केवल,ती याद पचाउने सितन,रक्सी र चुरोटकोभट्टिमा रहेकोमेरो नामको उधारो खाता।

गुरु

एकदिन, एउटा आँउछर  सिकाएर जान्छ एक परिभाषामायाकोत्यागकोसम्मानकोइज्जतकोविश्वासको केवल एक “भ्रम”।

In/Out

एक दिन,उ त्यसरी नै गयोजसरी उ आएको थियो“अकस्मात्” Picture: Pinterest website

फरक

कोही टाढा हुनाले,कोही नजिक हुनाले,केही फरक नपर्ने रहेछ फरक त तब पर्दोरहेछ,जब,कोही,टाढा भएर नजिक हुदोरहेछनजिक भएर टाढा हुदोरहेछ ।।

माया (धुवाँ)

फुटेको नजरले पनि हेरेन उसलेजसले उसलाई बहलाइरह्यो ओठबाट निकालिरह्यो मायाको धुवाँउसैप्रतीजसले उसको मन जलाइरह्यो।